प्रसाईलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियो
Prime TV News २ दिन अगाडि 
काठमाडौ । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ।
उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइने भएको छ। प्रसाईलाई गएइराति भक्तपुरको ठिमीस्थित निवासबाटै जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो।
पक्राउबारे सञ्चारकर्मीले जिज्ञासा राख्दा उनी आफैंलाई पक्राउको कारण थाहा नभएको बताएका थिए। प्रहरीका अनुसार, प्रसाईले आन्दोलन घोषणा गरेर भड्कापूर्ण अभिव्यक्ति दिएका थिए र उनका हर्कतले हिंसा भड्किन सक्ने जोखिम रहेको विश्लेषणपछि उनी नियन्त्रणमा लिइएको जनाएको छ ।
नले यहि मंसीर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए।













