सापकोटासँगको विवादका कारण पूर्व कमान्डर पाण्डेले, प्रचण्ड र पार्टी छोडेको माओवादी भित्र चर्चा

User Image Prime TV News २ दिन अगाडि
Image of सापकोटासँगको विवादका कारण पूर्व कमान्डर पाण्डेले, प्रचण्ड र पार्टी छोडेको माओवादी भित्र चर्चा

काठमाडौ । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा कमान्ड सम्हालेका पूर्व माओवादी लडाकुका बटालियन कमान्डर प्रकाशचन्द्र पाण्डेले प्रचण्डको साथ छोडि सकेका छन् । उनले प्रचण्डलाई पत्र लेख्दै केही दिन अघि पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

पाण्डेले पार्टीबाट राजीनामा दिनुको कारण राजनीतिक अन्तरसंघर्घषका कारण भन्दा पनि प्रचण्डको सुरक्षाको जिम्मेवारी लिएका तत्कालिन वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा दिपशीखा संगको टसलका कारण रहेको माओवादी भित्र चर्चाको बिषय वनेको छ ।

नेकपा विभाजनपछि र सरकारले सुरक्षा दस्ता फिर्ता गरेपछि पाण्डे नेतृत्वमा १० जना पूर्व लडाकु टोली प्रचण्डको सुरक्षामा खटिएको थियो। तर त्यसै वेला प्रचण्डको सुरक्षा कमाण्डमा दिपशीखाको प्रवेश संगै पाण्डे र उनीविच विवाद सुरु भएको वताइएको छ ।

माओवादी स्रोतका अनुसार सापकोटाले प्रचण्ड सुरक्षा कमाण्डको नाममा पाण्डे लगाएतको टिमलाई अपमान हुने गरि ब्यवहार देखाउदै आएको वताइएको छ । अन्ततः पाण्डेले प्रचण्डको सुरक्षाको जिम्मेवारी मात्र नभई पार्टी विभाजनपछि प्रचण्डको साथ नै छोडे ।

उपत्यका विशेष प्रदेशका उपाध्यक्षसमेत रहेका पाण्डेले पार्टी छोड्दै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पनि प्रभावकारी निर्णय गर्न नसकेको भन्दै प्रचण्डको आलोचना गरेका थिए। जनेजी आन्दोलन पछि प्रचण्डको सुरक्षा कमाण्ड सापकोटाले लिदै आएका छन् । 

कुनै वेला पार्टी सदस्यता समेत निष्कृय पारेका सापकोटा पछिल्लो समय प्रचण्डको सुरक्षा कमाण्डर बनेपछि पुन पार्टी भित्र हावी बनेको माओवादी भित्र चर्चाको बिषय बनेको छ ।