एमालेले मधेश मुख्यमन्त्री यादवलाई काम गर्न दिने माग गर्दै जनकपुरमा धर्ना
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेका नेता–कार्यकर्ताले मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई काम गर्न दिनुपर्ने माग गर्दै जनकपुरको जनकचोकमा धर्ना दिएका छन्।
धर्नामा सहभागीहरूले ‘संविधानको रक्षा गरौं’ र ‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’ जस्ता नारा लगाएका छन् । गत कात्तिक २४ गते संविधानको धारा १६८(३) अनुसार शपथ ग्रहण गरेका मुख्यमन्त्री यादवलाई सात दलीय गठबन्धनको विरोधका कारण आफ्नो जिम्मेवारी पूरा गर्न सकेका छैनन् ।
यता, सात दलीय गठबन्धनले सरकार गठन अवैधानिक भएको भन्दै मधेस भवन अगाडि नियमित धर्ना जारी राखेको छ। आज पनि गठबन्धनका प्रदेश सांसदहरू त्यहाँ उपस्थित छन् र विरोध जारी राखेका छन्।













