एनपीएलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोजको फिल्डिङ छनोट

User Image Prime TV News २ दिन अगाडि
Image of एनपीएलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोजको फिल्डिङ छनोट

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेपछि चितवनका कप्तान कुशल मल्लले फिल्डिङ रोज्दै कर्णालीलाई ब्याटिङका लागि पठाए।

यो संस्करणमा यी दुई टिम तेस्रोपटक एकअर्काविरुद्ध मैदानमा उत्रिँदै छन्। पहिलो संस्करणमा प्लेअफसम्म यात्रा गरेका दुई टोलीबीच कर्णालीले उत्कृष्ट प्रदर्शन गर्दै चितवनलाई इलिमिनेटरमा २१ रनले पराजित गरेको थियो। त्यसअघि, लिग चरणमै कर्णालीले चितवनलाई पाँच विकेटले हराएको थियो। यसपटक चितवनले अघिल्लो हारको बदला लिन लक्ष्य बनाएको बताइएको छ।

एनपीएल दोस्रो संस्करणका सबै खेल त्रिवि क्रिकेट मैदानमै खेलिँदै छन्। यस संस्करणमा पनि आठ टोली जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स प्रतिस्पर्धामा रहेका छन्।