सुन र चाँदीको मूल्य घट्यो
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाली बजारमा मंगलबार सुन–चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
अघिल्लो कारोबार दिन सोमबार प्रती तोला २ लाख ४३ हजार ३०० रुपैयाँ रहेकाे छापावाला सुनको मूल्य मंगलबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा माग आपूर्ति र अन्तरराष्ट्रिय मूल्यमा आएको उतार चढावसँगै सुनको मूल्यमा गिरावट देखिएको हो।
यस्तै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। सोमबार तोलामा ३ हजार १ सय ५५ रुपैयाँ रहेकाे चाँदी मंगलबार झरेर ३ हजार ९० रुपैयाँ मा कारोबार भएको छ ।













