दुर्गा प्रसाई भक्तपुरबाट मध्यराति पक्राउ
Prime TV News २ दिन अगाडि 
काठमाडौ । दुर्गा प्रसाईँलाई सोमबार मध्यराति भक्तपुरस्थित उनको निवासबाट प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले घरमै पुगेर उनलाई नियन्त्रणमा लिएको हो ।
सुरक्षा निकायका अनुसार प्रसाईले पछिल्ला दिनमा सार्वजनिक रूपमा हिंसा उक्साउने प्रकारका अभिव्यक्ति दिएपछि पक्राउ गरिएको हो।
प्रसाईँ यसअघि पनि विवादमा थिए। चैत १५ गतेको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका उनी अदालतको आदेशमा रिहा भएका थिए। पुनः पक्राउ परेका प्रसाईले हालै बैंकबाट लिएको ठूलो रकमको ऋण मिनाहा गरिदिनुपर्ने मागसहित आन्दोलनको तयारी गरिरहेका थिए ।
प्रहरीले प्रसाईमाथि अराजक अभिव्यक्ति र सार्वजनिक सुरक्षामा खतरा पुर्याउने गतिविधिसम्बन्धी कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।













