एनपीएलमा आज दुई खेल : चितवन राईनोज–कर्णाली याक्स तथा विराटनगर किङ्स–पोखरा एभेन्जर्स आमनेसामने हुदै
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) २०८१ अन्तर्गत आज (मङ्गलबार) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई खेल हुदैछ ।
दिनको पहिलो खेल बिहान ११ः४५ बजे चितवन राईनोज र कर्णाली याक्सबीच हुने छ। दुवै टोली प्रतियोगितामा सशक्त सुरुआत गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।
दिउँसो ४ बजे सुरु हुने दोस्रो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स भिड्नेछन्। बलियो विदेशी खेलाडी, फरक रणनीति र टोली संरचनाका कारण दोस्रो खेलसमेत निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
लिगको उद्घाटन खेलमा सोमबार काठमाण्डु गुर्खाजले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरिसकेको छ ।













