तपाईको आजको राशिफल

User Image Prime TV News २ दिन अगाडि
Image of तपाईको आजको राशिफल

मध्याह्नार्कसमप्रभं शशिधरं मीमाट्टहासोज्ज्वलं, त्र्यक्षं पन्नगभूषणं शिखिशिखाश्मश्रुस्फुरन्मूर्धजम् ।
हस्ताब्जैस्त्रिशिखं समुद्ररमसिं शक्तिं दधानं विभुं, दंष्ट्राभीमचतुर्मुखं पशुपतिं दिव्यास्त्ररुपं स्मरेत् ।।

सिद्घार्थीनाम संवत्सरश्रीसूर्य दक्षिणायण हेमन्त ऋतौ मिति २०८२ साल मार्गशीर्षकृष्णपक्ष त्रयोदशी पर चतुर्दशी तिथि स्वाति नक्षत्र मंसिर महिनाको २ गते आज मंगलवार तदनुसार १८ नोभेम्वर २०२५ भद्रा करण ध्वज योग, तुला राशिमा चन्द्रमा रहेका छन भने आजको दिनमान २६ घडि ४१ पलाको रहेको छ, प्रातः सूर्योदय ६ बजेर २८ मिनेटमा हुने छ भने सूर्यास्त ५ बजेर ९ मिनेट साँझमा रहेको छ ।

आजको राशिफल

मेषः– आज तपाईको खर्च बढनाले अर्थ अभाव देखा पर्न सक्छ । रोकिएका कार्यहरु दोहो¥याएर प्रयत्न गनुपर्ला । टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्ने छ नयाँ कामको प्रारम्भ हुने समय छ । तर आलोचकहरुले आत्मासम्मानमा चोट पुर्याउन सक्छन् । लाभ नहुने कामको जिम्मेवारी सम्हाल्नु पर्ला । मध्यन्नपछि उपहारका साथै धनलाभ हुने सम्भावना रहेको छ । बिद्यर्थी वर्गलाइ भने आजको दिन सोचेजस्तो रहनेछ । 

वृषः– विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ मान सम्मान र पद प्रतिष्ठा पाइने समय छ । लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन् । नोकरी तथा राजनीति गर्नेहरुलाई विशेष लाभ मिल्न सक्छ उद्योग धन्दामा सफलता पाइने छ । रोग र शत्रुवाट पनि छुटकारा पाइएला । सुख दुःखमा साथ दिनेहरु प्रशस्तै भेटिनेछन् । झुठा आश्वासन दिनेहरुबाट टाढा रहनु होला । आश मरेका काम बन्नाले उत्साह जाग्नेछ । वादविवादबाट अलग्यै रहन सके आजको दिन राम्रो रहने छ ।

मिथुनः– आज शुभारम्भमा अवसर प्राप्त भएपनि तत्काल उपलब्धि नहुन सक्छ । अरुका जिम्मेवारी जस्ता कामहरु समेत गर्नु पर्ला तापनि लगनशीलताले फाइदा दिलाउने छ । मिहिनेत गर्दा नाम, र दाम  प्राप्त हुनेछ व्यवसायमा राम्रो लाभ हुने देखिन्छ । आफ्नो अहँ भावनाले केही लाभांश वाहिरिने सम्भावना देखेपनि वैदेशिक यात्राको प्रक्रिया अघि बढने छ भने पछिका लागि गरिएको लगानीले फाइदा दिने छ साथै पारिवारीक जमघटले मन प्रफूल्लित हुने छ । 

कर्कटः– आज परिश्रम परेपनि विगतका कमजोरीहरुलाई सच्याउदै नयाँ अवसर जुटाउन सफल भइएला आध्यात्मिक ज्ञानले डर तथा दुर्भावनाका तरङ्गहरु समाप्त हुनेछन् । विशिष्ट व्यक्तिको सहयोग जुटनाले राम्रै अवसर पाइनेछ । लगनशिलताले गुमेको स्थान दिलाउनेछ । दिगो फाइदा हुने काम शुभारम्भ गर्न सकिने छ । नोकरी तथा व्यवसायमा आम्दानी बढने समय छ । मध्यान्ह पछि अवसरवादीले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्ठा गर्न सक्छन् । फजूल खर्चले मन खिन्न बनाउला ।

सिंहः– विभिन्न अवसर प्राप्त भएपनि आफ्नो मिहिनेतवाट अरुले फाइदा उठाउने चेष्टा गर्लान् । पहिले गरिएका कार्यहरु नमिल्नाले समस्या आउन सक्छ ठूलो भागको मोहमा आफ्नो वस्तु समेत गुम्न सक्ने देखिन्छ संघर्षमा उत्रनु परेपनि काम बन्नेछन् आफ्नो जिवनशैलीमा परिवर्तन ल्याउनु पर्ने देखिन्छ । उठनुपर्ने रकम आउनेछन् तर केही चिजहरु त्याग्नु पर्ने देखिन्छ  अरुका लागि समय खर्चनुपर्ला मध्यान्ह पछि भने एउटै कामवाट दोहोरो फाइदा हुने देखिन्छ ।

कन्याः– प्रारम्भमा चिताएका काम बन्नाले मनग्गे लाभ मिःल्नेछ । प्रियजनका साथ रमाइलो यात्रा गर्ने अवसर जुटन सक्छ तर अरुकै काममै समय खर्चनु पर्ला कामको चापले व्यस्त रहने छ स्वास्थ्यमा ध्यान पुर्याउनु होला परिस्थिति अनुकूल रहेपनि सुख दुःखमा साथ दिनेहरु थोरै हुनेछन् । आफ्ना काममा अवरुद्ध बन्न सक्छन् । परिस्थितिले संघर्षको पथमा हिडाउन सक्छ । टाढिएका साथीभाइ नजिकिनााले हर्ष बढनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ ।

तुलाः– परिबन्धले केही झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिने छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न समय पर्खनु पर्ला उपलब्धि विहीन काममा समय बित्ने छ । आश्वासन दिनेहरुले झुक्याउनेछन् । आफ्नो श्रमवाट अरुले फाइदा उठाउलान् । धन अभाव देखिएपनि तत्कालको समस्या टर्ने छ । आफ्नो कमजोरिले नै स्वतन्त्रतामा बाधा पु¥याए पनि अपरान्हपछि फाइदा हुने छ । प्रतिफल अनिश्चित रहेपनि काममा निरन्तरता दिदा लाभ मिल्नेछ ।

वृश्चिकः– प्रारम्भमा केही चुनौती देखिएपनि प्रयत्न गर्दा समस्याको जड पत्ता लाग्नेछ । अप्ठयारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला अरुको स्वार्थमा उपयोग भइने सम्भावना भएकाले सजग रहनुहोला । अवसरका लागि जोखिमपूर्ण काममा जुटनु पर्ने परिस्थिति आउन सक्छ । उत्तरार्धमा केही अवसर प्राप्त हुनेछन् । सुख दुःखमा साथ दिनहरु पनि फेला पर्नेछन् । लगनशीलताले समस्या सुल्झीनेछन् भने सामाजिक प्रतिष्ठा पनि प्राप्त हुनेछ । खर्च लागेपनि आयस्रोत बढाउन सक्ने योग रहेको छ ।

 धनुः –आज प्रारम्भमा मन मिल्ने साथी भेटनुका साथै प्रेमको प्रस्ताव आउने सम्भावना देखिन्छ । मध्यान्हपछि परिस्थिति वस  समस्यामा परिएला विरोधीहरु बढनाले चुनौतिहरु देखा पर्न सक्छन् । नजिकका साथी भाई टाढिनाले पनि समस्या बढन सक्छ । स्वास्थ्यमा कमजोरी देखा पर्ने छ । अर्थ अभावले आटेको काम स्थगित हुन सक्छ । आफ्ना कमजोरीको फाइदा अरुले उठाउन सक्छन् । तापनि अपरान्हदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ । मिहिनेत गर्दा पद प्रतिष्ठा प्राप्त हुन सक्छ ।

मकर – भौतिक साधनमा लगानी गरेपनि मिहिनेत गर्दा दिगो फाइदा जुटनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । संघर्ष पश्चात अधिकार र प्रतिष्ठा जोगाउन सफलं भइनेछ । मध्यान्ह पश्चात कामको चापवाट फुर्सद पाइनेछ । यात्रा गर्ने अवसरका साथै अतिथिका रुपमा सम्मान समेत पाइनेछ तर अरुका विषयमा बोल्ने बानीले समस्या निम्त्याउला आफ्ना सूचना बाहिरिनाले दुःख पाइनेछ । लामो यात्राको समय पनि रहेको छ साथै परिबन्धले अनावश्यक झमेला थपिन सक्छ । 

कुम्भ – समयको माग अनुसार चल्न नसक्दा पछि परिनेछ । अरुका लागि वुद्धि र श्रम खर्चनु पर्ने स्थिति आउन सक्छ । हल्लाको भर पर्दा दुःख पाइने छ भने मिहिनेत गर्दा विस्तारै प्रगति हुनेछ । मध्यान्ह देखि विघ्न बाधाहरु हटनेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ प्रतिस्पर्धिलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यातित हुनेछ खेलकुद जस्ता मनोरन्जनमा जुटदा प्रशस्तै यात्रा गर्ने अवसर जुर्न सक्छ ।

मीन – कृषि तथा पशुपालनमा फाइदा हुनेछ पुराना सम्झौता तोडनुपर्ने आवश्यकता पर्न सक्छ दिगो योजनाका साथ अघि बढदा विस्तारै लाभ मिल्नेछ । अरुको व्यवहारले शंका उब्जाएपनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । कृषि पशु धन र अचल सम्पतिको उपयोग हुन सक्छ । मध्यान्हदेखि केही बाधा आउला तापनि बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रचनात्मक कार्यमा जुटदा दिगो फाइदा हुनेछ ।

  –ज्यो.आचार्य घटराज निरौला