सरकारको राजनीतिक निर्णय नभई संवैधानिक रिक्तता टार्न फागुन २१ मा निर्वाचनः प्रधानमन्त्री कार्की

User Image Prime TV News ३ दिन अगाडि
Image of सरकारको राजनीतिक निर्णय नभई संवैधानिक रिक्तता टार्न फागुन २१ मा निर्वाचनः प्रधानमन्त्री कार्की

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सुनिश्चित गर्न र युवा सहभागिता बढाउन नागरिक समाजसँग सहकार्यको अपिल गरेकी छन् । आज नागरिक समाजका अगुवाहरु स‌गको भेटमा प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचन केवल सरकारको राजनीतिक निर्णय नभई संवैधानिक रिक्तता टार्नको लागि राष्ट्रिय दायित्व समेत भएको बताइन् ।

उनले निर्वाचनको विश्वसनीयताका लागि प्रमुख दलहरूलाई मंसिर १० भित्र निर्वाचन आयोगमा दर्ता गराउनुपर्ने औंल्याउँदै नागरिक समाजलाई दलहरूलाई प्रक्रियामा फर्काउन सहयोग गर्न अपिल गरिन् । साथै, निर्वाचन आयोगको क्षमता वृद्धि, सुरक्षित र मितव्ययी निर्वाचन सुनिश्चित गर्न प्रशासनिक तयारीलाई प्राथमिकतामा राखिएको उल्लेख गरिन् । 

प्रधानमन्त्री कार्कीले युवा असन्तुष्टिलाई ध्यानमा राख्दै नयाँ व्यवस्थाप्रति युवाको आकर्षण घटाउन अध्यादेश र संरचनात्मक सुधारमार्फत कदम चालिएको बताएकी थिइन् ।

नागरिक समाजले युवालाई राजनीतिक र निर्वाचन सम्बन्धी शिक्षा दिँदै लोकतन्त्रको स्थायित्व सुनिश्चित गर्न भूमिका खेल्नुपर्नेमा जोड दिदै प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनको सफलता मुलुकको लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रासँग जोडिएको भएकाले नागरिक समाजले सक्रिय सहभागिता जनाउन आग्रह गरिन् ।