सरकारले चुनाव गराउने विषयमा विश्वास छैनः नेता अधिकारी

User Image Prime TV News ३ दिन अगाडि
Image of सरकारले चुनाव गराउने विषयमा विश्वास छैनः नेता अधिकारी

काठमाडौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने विषयमा विश्वास गर्ने कुनै आधार नभएको बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै अधिकारीले संविधानको उल्लंघन गर्दै बनेको वर्तमान सरकारले चुनाव गराउन नसक्ने समेत बताए । जेनजी आन्दोलनको क्रममा अपराधीहरु जेलबाट फरार भएको र हतियार लुटिएको अवस्थामा मुलुकमा अहिले पनि भयको वातावरण रहेको धारणा राखे ।

सरकारले मुलुकमा भयरहित वातावरणको सिर्जना गर्न नसकेकोले चुनाव हुने सम्भावना नरहेको उनको भनाइ छ । अधिकारीले प्रतिनिधिसभा पुनस्थापना गरेर संविधान संशोधन गरी प्रतिनिधिसभामा प्रतिनिधित्व नगरेको व्यक्ति पनि छोटो समयकालागि प्रधानमन्त्री बन्न सक्ने प्रावधान ल्याएर निष्पक्ष सरकार निर्माण गर्नुपर्नेमा जोड दिए ।