मधेशमा सात दलीय गठबन्धनको धर्ना जारी, सरकार गठन असंवैधानिक भएको दाबी

User Image Prime TV News ३ दिन अगाडि
Image of मधेशमा सात दलीय गठबन्धनको धर्ना जारी, सरकार गठन असंवैधानिक भएको दाबी

काठमाडौ । मधेश प्रदेशमा सात दलीय गठबन्धनले सरकार गठन बदरको माग गर्दै लगातार सातौँ दिनसम्म मधेश भवन अगाडि धर्ना जारी राखेको छ। गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी समावेश छन्।

सात दलीय गठबन्धनको तर्क अनुसार, संविधानको धारा १६८(३) अनुसार तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा गठन गरेको सरकार असंवैधानिक रहेको बताइएको छ। त्यसैले उनीहरूले सरकारलाई तत्काल बदर गर्न माग गरेका छन्।

यस्तै, गठबन्धनले सर्वोच्च अदालतमा सरकार गठनविरुद्ध दिएको रिटको सुनुवाइ आज पनि जारी रहेको छ। साथै, सभामुख रामचन्द्र मण्डलविरुद्ध महाभियोग लगाउने प्रक्रिया पनि सात दलीय गठबन्धनले अघि बढाइरहेको छ।

गठबन्धनका नेता र सांसदहरू भने आन्दोलनलाई निरन्तरता दिँदै सरकारको असंवैधानिक कार्यविधि विरुद्ध दबाब सिर्जना गर्ने रणनीतिमा छन्।