एमालेले ‘नेसनल भोलेन्टियर्स फोर्स’ गठन गर्दै, मंसिर ५ मा केन्द्रीय कमान्ड घोषणा
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेले नयाँ संरचना ‘नेसनल भोलेन्टियर्स फोर्स’ गठन गर्ने भएको छ । एमाले नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक जानकारी अनुसार, आगामी मंसिर ५ गते फोर्सको केन्द्रीय कमान्ड घोषणा गर्न लागिएको हो।
घोषणा समारोह मंसिर ५ गते बिहान ११ बजे माइतीघर मण्डलामा आयोजना हुने बताइएको छ । बस्नेतले सार्वजनिक गरेको पोष्ट अनुसार यो फोर्स गठन एमालेको जनसंगठनहरूको संरचना विस्तार गर्ने रणनीतिको हिस्साको रुपमा लिइएको छ ।
एमालेका जनवर्गीय संगठनहरू युवा, विद्यार्थी, महिला, श्रमिक, किसान लगायतका छन्। पार्टीका नेताहरूका अनुसार, यो फोर्सले सामाजिक सेवा, संकट व्यवस्थापन तथा संगठन विस्तारमा सहायक भूमिका खेल्ने बताइएको छ ।













