कीर्तिपुर क्रिकेट रंगशाला क्यानलाई हस्तान्तरण, एनपीएलको तयारी पूरा
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्रिकेट रंगशालामा निर्मित प्रथम चरणका संरचना सरकारबाट नेपाल क्रिकेट संघ (क्यान) लाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
प्रथम चरणमा १० हजार दर्शक क्षमताको प्याराफीट तयार गरिएको छ भने ६ वटा फ्लडलाइट जडान गरी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरका रात्री खेलका लागि उपयुक्त बनाइएको छ। यी संरचना पूर्ण भएपछि सरकारका तर्फबाट रंगशालाको सञ्चालन अधिकार क्यानलाई प्रदान गरिएको हो।
हस्तान्तरणसँगै कीर्तिपुर मैदान अब उच्च क्षमताको नयाँ पूर्वाधारसहित सञ्चालनमा आएको छ। यसले घरेलु खेलाडीको प्रदर्शनदेखि अन्तर्राष्ट्रिय क्रिकेट आयोजनासम्म महत्वपूणर् प्रभाव पार्ने अपेक्षा गरिएको छ।
यसैबीच, रंगशालामा भोलि सोमबारदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदैछ।













