नेपाल कांग्रेसमा आन्तरिक संघर्ष: महामन्त्री शर्माको राजीनामा चेतावनी, विशेष महाधिवेशनको माग

User Image Prime TV News ४ दिन अगाडि
Image of नेपाल कांग्रेसमा आन्तरिक संघर्ष: महामन्त्री शर्माको राजीनामा चेतावनी, विशेष महाधिवेशनको माग

काठमाडौ । नेपाल कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको आयोजना नभए पदबाट राजीनामा चेतावनी दिएका छन्। शर्माले यदि पुस २७ अघि विशेष महाधिवेशन आयोजनाको निर्णय नगरेको खण्डमा उनले पार्टीका पदबाट राजीनामा दिनेबताएका हुन् ।

आइतबार दिउँसो लगभग एक घण्टासम्म देउवालाई भेटेर आफूले उठाएका मुद्धा बारे महामन्त्री शर्माले स्पष्ट पारेका थिए। उनले पार्टीको विधान अनुसार विशेष महाधिवेशन आयोजना नगरेको खण्डमा आफूलाई पदमा राख्न असहज हुने बताएका छन्।

पार्टीको विधानले भनेको छ कि पुस २७ अघि विशेष महाधिवेशन गरिनु अनिवार्य छ। यसका आधारमा शर्माले उक्त मितिसम्म महाधिवेशन नभए, केन्द्रीय समितिको बैठकको कुनै निर्णय पनि वैध मान्न नसकिने चेतावनी दिएका छन्।

उनले यसलाई विधानको उल्लङ्घन मान्ने उल्लेख गर्दै आफूलाई तत्काल राजीनामा दिने बताएका छन्। “पार्टीका विधान अनुसार पुस २७ भन्दा अगाडि विशेष महाधिवेशनको आयोजना अनिवार्य छ। यसलाई कुनै तहको निर्णयले काट्न सक्दैन। यदि यसलाई अव्यवस्थित रूपमा परि तोकिएको मितिभन्दा पछि सारियो भने म पदमा रहन सक्दिन,” शर्माले भने।

शर्माले भने, "यदि विशेष वा नियमित महाधिवेशनको आयोजनाबारे कुनै निर्णय नभएमा म यो पदमा नरहनेछु। मलाई पूर्वमहामन्त्रीको पद दिनुहोस् र म तुरुन्तै राजीनामा दिन्छु।" सभापति शेरबहादुर देउवालाले भने महामन्त्री शर्मासँगको भेटमा विशेष महाधिवेशनको आयोजना सम्बन्धमा कुनै स्पष्ट निर्णय नदिएको वताइएको छ ।

कांग्रेस भित्र निर्वाचन अघि कि निर्वाचन पछि पार्टीको महाधिवेशन गर्ने भन्ने विवाद छ । विवादका कारण कांग्रेस केन्द्रीय कमिटी बैठकले कुनै निर्णय लिन सकेको छैन । बैठकमा अधिकंश नेताहरुले निर्वाचन अघि पार्टीको महाधिवेशन हुनुपर्ने र महाधिवेशनबाट नयाँ नेतृत्व चयन स‌गै निर्वाचनमा जानु पर्ने धारणा राखेका थिए ।

तर पार्टी सभापति शेरबहादुर देउवा पक्षधरका केही नेताहरुले भने निर्वाचन पछि मात्र पार्टीको महाधिवेशन हुनुपर्ने दवाव दिदै आएका छन् । निर्वाचन अघि महाधिवेशन भए नयाँ नेतृत्वले निर्वाचनमा आफूहरुले टिकट नदिने सम्भावना रहेको भन्दै ती नेताहरुले निर्वाचन पछि मात्र महाधिवेशन गर्न दवाव दिएको कांग्रेस भित्र चर्चा हुने गरेको छ ।

यध्येपी पार्टी सभापति शेरबहादुर देउवाले पनि निर्वाचनमा आफूले टिकट वितरणको आक‌ंक्षा देखाएको का‌ंग्रेसका नेताहरुले वताएका छन् ।