निर्वाचन आयोगको १ सय २२ राजनीतिक दल दर्ता, ७ दल खारेज र २८ दल दर्ता प्रक्रियामा
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । आगामी निर्वाचनको तयारीलाई मध्यनजर गर्दै, निर्वाचन आयोगले १ सय २२ वटा राजनीतिक दललाई आधिकारिक रूपमा दर्ता गरेको जानकारी दिएको छ। आयोगका अनुसार, नयाँ दलहरूको संख्या र खारेज गरिएका दलहरूको अवस्थाबारे पनि अपडेट गरिएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, निर्वाचन घोषणा भएदेखि आजसम्म राजनीतिक दलहरूको संख्या उस्तै रहेको छ। आयोगले आज सम्म १ सय २२ वटा दललाई दर्ता गरेको जनाएको छ। यस बीचमा ७ वटा नयाँ दल दर्ता भएका छन् भने ७ वटा दल खारेज भएका छन्।
भट्टराईले भने, "खारेज गरिएको दलहरूको विषयमा अदालतको आदेश र सम्बन्धित दलका पदाधिकारीहरूको निवेदनको आधारमा आयोगले निर्णय गरेको हो।" खारेज गरिएका दलहरूका कागजातहरूको अध्ययन र साक्षात्कार पूरा भएपछि आयोगले यस निर्णयमा पुग्न सकेको हो।
अहिले २८ वटा दलहरू दर्ताको प्रक्रियामा रहेका छन्। यी दलहरूले आयोगमा कागजात पेश गरेका छन् र आयोगले ती कागजातहरूको अध्ययन र प्रमाणिकरण गर्दैछ। भट्टराईले थपे, "कागजातहरूको सहीता र कानूनी मापदण्ड अनुसार सनाखत गरिनेछ।"
यद्यपि, आयोगले नयाँ दलहरूको प्रकार र नामको बारेमा कुनै विशेष जानकारी वताएको छैन । दर्ता प्रक्रियामा रहेका २८ दलहरूको कागजातहरूको अध्ययन र प्रमाणिकरण कार्य चलिरहेको छ। आयोगले भनेको छ कि, कागजातहरू ठीक छन् भने तिनीहरूलाई प्रमाणपत्र दिने प्रक्रिया सुरु हुने पनि आयोगले जनाएको छ ।













