नेपालमा रेमिट्यान्सको बृद्धि: चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५ खर्ब ५३ अर्ब भित्रियो
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । नेपालमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्समा ऐतिहासिक बृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक प्रतिवेदनअनुसार, २०८२ असोजदेखि माघ महिनासम्म रेमिट्यान्सको आप्रवाह ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशतको वृद्धि हो।
अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाहमा ११.९ प्रतिशतको वृद्धि भएको थियो । जबकि यस वर्ष रेमिट्यान्सले ३५.४ प्रतिशतको वृद्धि दर प्राप्त गरेको छ। २०८२ असोज महिनामा रेमिट्यान्सको मात्रा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ पुगेको थियो।
यसै महिनामा अघिल्लो वर्षको तुलनामा ५७ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको हो। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ मात्र थियो। वैदेशिक रोजगारको बढ्दो माग नयाँ वैदेशिक रोजगारका लागि जाने नेपालीहरूको सङ्ख्या पनि बढेको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ लाख २३ हजार ४५९ नयाँ श्रमिकहरूले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति प्राप्त गरेका छन्। यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिमा ११.५ प्रतिशतले बढी हो। साथै पुनः श्रम स्वीकृति लिने नेपालीहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ।
यस वर्ष ७७ हजार २५७ नेपालीले पुनः श्रम स्वीकृति प्राप्त गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको ५९ हजार ९३९ भन्दा उल्लेखनीय वृद्धि हो।













