मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्कियो, सात दलीय गठबन्धनका सांसदहरूको धर्ना जारी

User Image Prime TV News ४ दिन अगाडि
Image of मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्कियो, सात दलीय गठबन्धनका सांसदहरूको धर्ना जारी

काठमाडौ । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवाद अझै चर्किरहेको छ ।

मुख्यमन्त्री नियुक्तीको विरोधमा सात दलीय गठबन्धनका सांसदहरूले आइतबार पनि धर्ना बसेका छन्। उनीहरूले प्रदेश सभा भवन अगाडि बाटो छेकेर विरोध प्रदर्शन गर्दै प्रदेश सभा सभामुख रामचन्द्र मण्डलमाथि कारबाहीको माग गरेका छन्।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्रीको रूपमा नियुक्त गरेकी थिइन् । यादवलाई होटेलमा शपथ खुवाइएको भन्दै सात दलीय गठबन्धनले उक्त नियुक्तिलाई असंवैधानिक र अपत्यारिलो ठहर गर्दै विरोध गरिरहेको छ। जसका कारण नियुक्ति प्रक्रिया विवादित बनेछ । 

शनिबार, प्रदेश सभा परिसरको चौरमा प्रदेश सभा बैठकको सञ्चालन गर्दै सात दलका सांसदहरूले प्रदेश सभा सभामुख रामचन्द्र मण्डलमाथि कारबाहीको माग गरेका थिए। मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादको समाधान खोज्ने क्रममा सात दलीय गठबन्धनका सांसदहरूले सर्वोच्च अदालतमा रिट पनि दायर गरेका छन्।

रिटमा, उनले मुख्यमन्त्रीको नियुक्ति खारेजीको माग गर्दै संवैधानिक प्रक्रिया उल्लंघन भएको दाबी गरेका छन् ।