युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । युक्रेनले रुसी आक्रमणको एक दिनपछि मस्को नजिकैको क्षेत्रमा रहेको रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ । युक्रेनी सेनाले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै मस्को नजिकैको रियाजान क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको जनाएको छ ।
युक्रेनले शत्रुको मिसाइल र बम प्रहार गर्ने क्षमतालाई कम गर्ने प्रयासस्वरूप आक्रमण गरिएको स्पष्ट पारेको छ । युक्रेनले सन् २०२२ देखि क्रेमलिनको आक्रमणमा रुसभित्र नियमित रूपमा मिसाइल र ड्रोन आक्रमण गर्दै आएको छ।
रियाजानका गभर्नर पावेल माल्कोभले रुसी हवाई प्रतिरक्षाले रातको समयमा २५ वटा युक्रेनी ड्रोन खसालेको बताएका छन्। एउटा उद्यमको परिसरमा आगलागी भएको छ । युक्रेनको राजधानी किएभमा रुसले गरेको आक्रमणमा सात जनाको मृत्यु भएको भोलिपल्ट उक्त आक्रमण भएको हो ।













