नेपालमा सुन र चाँदीको भाउ घट्यो, सुनमा ६ हजार ९०० रुपैयाँको गिरावट
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । आइतबार नेपालमा सुनको मूल्य एकै दिनमा ६ हजार ९ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन यो भाउ २ लाख ४९ हजार ७ सय रुपैयाँ रहेको थियो । जसमा ६ हजार ९०० रुपैयाँको गिरावट देखिएको हो।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपछि यसको असर नेपाली बजारमा पनि परेको हो। यसभन्दा पहिले असोज ३१ गते नेपालमा सुनको भाउ २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको थियो । जुन हालसम्मकै उच्चतम रेकर्ड हो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य आइतबार तोलामा १५० रुपैयाँले घटेर ३ हजार १३५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको भाउ ३ हजार २८५ रुपैयाँ रहेको थियो।













