वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि ब्याजदर घटाए
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । नेपालका वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर घटाएका छन्। २० वाणिज्य बैंकहरूको हालको ब्याजदरको समीक्षा गर्दा १० वाणिज्य बैंकले आफ्नो ब्याजदर घटाएका छन् ।
वाणिज्य बैंकहरूको औसत ब्याजदर ०.१६ प्रतिशत विन्दुले घटेको छ। यस निर्णयले बैंकहरूको लिक्विडिटी र कर्जा वितरणमा प्रभाव पार्ने अनुमान गरिएको छ। यद्यपि, केही बैंकहरूले भने कात्तिक महिनाका ब्याजदरलाई निरन्तरता दिएका छन्छ ।
प्राइम कमर्सियल, एनआईसी एसिया, कुमारी, सिद्धार्थ, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स, नबिल, नेपाल एसबीआई र सानिमा बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। यी बैंकहरूले आफ्नो ब्याजदर समायोजन गर्दै ग्राहकहरूको लगानीमा केही बदलाव ल्याउने संकेत गरेका छन्।
एनआईसी एसिया बैंकले कात्तिक महिनाको तुलनामा ०.७५ प्रतिशतको कमी ल्याएको छ। यसका कारण, मंसिर महिनामा यस बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ५.७५ प्रतिशत ब्याजदर तोकेको छ। त्यसैगरी, ग्लोबल आईएमई बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याजदर तोकेको छ, जुन ६ प्रतिशतसम्म पुगेको छ।













