नेपाल र नेपालीको मनोबल इतिहासकै सबैभन्दा कमजोर अवस्थामाः डा. भट्टराई

User Image Prime TV News ४ दिन अगाडि
Image of नेपाल र नेपालीको मनोबल इतिहासकै सबैभन्दा कमजोर अवस्थामाः डा. भट्टराई

काठमाडौ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको वर्तमान अवस्थामा अत्यधिक अस्थिरता र संकटको अवस्था छ भन्दै, नेपाल र नेपालीहरूको मनोबल इतिहासकै सबैभन्दा कमजोर अवस्थामा रहेको बताएका छन्।

सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले भने, "नेपाल र नेपाली राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, संस्कृति, मनोबल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थिर र अन्योलको अवस्थामा छ।"

उनले मुलुकमा राजनीतिक अस्थिरता, आर्थिक संकट, र सामाजिक तानाबानामा गहिरो असर परेको बताए । राजनीतिक दलहरूको विभाजन र आपसी आरोप प्रत्यारोपलाई समस्या बढाउने मुख्य कारणको रूपमा प्रस्तुत गर्दै नेता भट्टराईले अहिलेको समय मुलुकको भविष्य र अस्तित्वका लागि एकजुटता र सहकार्यको आवश्यकता रहेको बताए ।

"अहिलेको अवस्थामा घरमा आगो लागेको बेला कोठामा सुत्ने, ठुलो भाग खाने को भन्ने झगडा गर्नु बेवकुफी हो। हामीलाई सबै मिलेर आगो निभाउन र नयाँ घर बनाउन सोच्नु पर्छ," उनले भने।

डा. भट्टराईले अहिलेको राजनीतिक नेतृत्व र नेतृत्वकर्ताहरूको जिम्मेवारीको महत्व भएको भन्दै आरोप प्रत्यारोप र विरोध नभई राष्ट्रको उत्थान र समृद्धिकालागि सबैएकजुट र मिलेर काम गर्न आवश्यक रहेको बताए ।