केन्द्रीय सुरक्षा समितिको बैठक आज गृह मन्त्रालयमा

User Image Prime TV News ४ दिन अगाडि
Image of केन्द्रीय सुरक्षा समितिको बैठक आज गृह मन्त्रालयमा

काठमाडौ । केन्द्रीय सुरक्षा समितिको बैठक आज दिउँसो ३ बजे गृह मन्त्रालयमा बस्ने भएको छ।

गृह मन्त्री ओम प्रकाश अर्यालले आह्वान गरेको यो बैठकमा देशका प्रमुख सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी हुनेछन्। बैठकको मुख्य एजेन्डा शान्ति र सुरक्षासम्बन्धी व्यवस्थामा सुधार र समन्वयको आवश्यकताका बारेमा छलफल गर्ने बताइएको छ ।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, र गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतका प्रमुख अधिकारीहरू सहभागी हुनेछन्।

आगामी फागुन २१ गते निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचनको लागि सुरक्षा रणनीति तयार गर्नुका साथै आन्तरिक सुरक्षा सुधार, शान्ति र सुरक्षा व्यवस्थामा भइरहेको समन्वयको आवश्यकता र आगामी चुनौतीहरूको बारेमा छलफल हुने बताइएको छ ।