कस्तो रहला आजको मौसम ?

User Image Prime TV News ४ दिन अगाडि
Image of कस्तो रहला आजको  मौसम ?

काठमाडौ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नभएले देशका अधिकांश ठाउँमा मौसम खुला रहने जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मात्र आंशिक बदली देखिएको छ। यी क्षेत्रमा बादल भए पनि कुनै जोखिम वा असामान्य गतिविधि देखिएको छैन। देशका बाँकी भूभाग भने पूर्ण रूपमा सफा र खुला अवस्थामा रहेको छ । 

दिउँसो पनि यही स्थिति जारी रहनेछ। पहाडी भूभागमा केही बादल देखिए पनि तापक्रम र दृश्यतामा विशेष असर नपर्ने महाशाखाको भनाइ छ। राति भने कोशी प्रदेशका पहाडी क्षेत्रहरूमा फिर्ता आंशिक बदली रहनेछ तर अन्य सबै भागमा आकाश खुलै रहन्छ।