पेट्रोलियम पदार्थको मूल्य बढ्यो

User Image Prime TV News ५ दिन अगाडि
Image of पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ।

भारतबाट आयात मूल्य तीव्र रूपमा बढेपछि समायोजन अनिवार्य भएको दाबी गर्दै निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ वृद्धि गरेको छ ।

निगमले जारी गरेको सूचनामा भारत पक्षबाट मूल्य अत्यधिक बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर न्यूनतम वृद्धि गरिएको भनिएको छ। नयाँ मूल्य शनिबार रातिबाट लागू हुने बताइएको छ ।