नेकपा र जसपाबीच एकता वार्ता सुरु, प्रारम्भिक छलफल सकारात्मक

User Image Prime TV News ५ दिन अगाडि
Image of नेकपा र जसपाबीच एकता वार्ता सुरु, प्रारम्भिक छलफल सकारात्मक

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी  र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी बीच एकता प्रक्रियाको औपचारिक सुरुवात भएको छ।

शनिबार पेरिसडाँडामा बसेको बैठकमार्फत दुवै दलले एकता सम्भावनाबारे प्रारम्भिक कुराकानी गरेका छन्। वार्तामा सहभागी नेकपाका वरिष्ठ नेता देव गुरुङका अनुसार छलफल उत्साहजनक रूपमा अघि बढेको जानकारी दिए ।

उनले दुवै पार्टीबीच प्राविधिक, वैचारिक र सैद्धान्तिक विषयमा विस्तृत संवाद भएको बताएका छन्। गुरुङले भने, “जसपासँगको एकता वार्ता सकारात्मक दिशामा छ। अहिले यो प्रारम्भिक छलफल मात्र हो, तर निरन्तर छलफलमार्फत निष्कर्षमा पुग्ने सहमति भएको छ। अहिले कुनै निर्णय भने भएको छैन।”

एकता प्रक्रियामा नेकपातर्फबाट देव गुरुङ र जसपातर्फबाट राजेन्द्र श्रेष्ठले टोलीको नेतृत्व गरेका थिए। बैठकमा संगठन संरचना, भविष्यको राजनीतिक मार्गचित्र र सम्भावित एकीकृत स्वरूपबारे समेत प्रारम्भिक विचार विमर्श भएको बताइएको छ।

दुवै दलले अहिलेको राजनीतिक परिस्थितिमा वाम केन्द्रित शक्तिहरूको एकता आवश्यक रहेको बताउँदै आएका छन् ।