मधेश प्रदेशसभा अगाडि सात दलका सांसदहरूको धर्ना, सभामुख र उपसभामुखबीचको टकरावले संकट गहिरियो

User Image Prime TV News ५ दिन अगाडि
Image of मधेश प्रदेशसभा अगाडि सात दलका सांसदहरूको धर्ना, सभामुख र उपसभामुखबीचको टकरावले संकट गहिरियो

काठमाडौ । मधेश प्रदेशमा जारी राजनीतिक तनाव शनिबार सात दलका सांसदहरूले प्रदेशसभा भवन अगाडि धर्ना बसेसँगै झनै चर्किएको छ।

सभामुख रामचन्द्र मण्डलविरुद्ध पदीय आचरण उल्लंघनको आरोपसहित दर्ता गराइएको प्रस्तावपछि सुरु भएको विवाद अब प्रत्यक्ष सडक र सदन दुवैतर्फ फैलिएको छ।

धर्नामा रहेका सांसदहरूको भनाइ अनुसार उनीहरू सभामुखले संसदमा दर्ता गराएको पत्रबारे उपसभामुखसँग स्पष्ट जानकारी लिन सामूहिक रूपमा सभा परिसर पुगेका थिए। सभामुखले आफ्नै बचाउका लागि प्रक्रियागत दुरुपयोग गरेको आरोप लगाउँदै धर्ना दिनुको बाध्यता भएको समेत बताए ।

सभामुख मण्डलले आफूलाई पदच्युत गर्ने प्रस्ताव दर्ता भएपछि पाँच जना सांसदलाई पदमुक्त गरेका थिए । तर उपसभामुखले सभामुखको निर्णय उल्टाउँदै ती सांसदहरूलाई पुनः पदमा यथास्थितिमा राखेकी छिन्।

मधेश प्रदेशमा सत्ता समीकरण, सभामुख–उपसभामुखका निर्णय र दलगत किचलो एकैसाथ ठोकिएपछि प्रदेशसभा सञ्चालन नै ठप्प हुने खतरा बढेको छ ।