जेनजी आन्दोलनमा भएको दमनको जिम्मा ओली र लेखकले लिनुपर्छ : डा. रावल

User Image Prime TV News ५ दिन अगाडि
Image of जेनजी आन्दोलनमा भएको दमनको जिम्मा ओली र लेखकले लिनुपर्छ : डा. रावल

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले जेनजी आन्दोलनका क्रममा भएको दमन र क्षतिको राजनीतिक जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन् ।

शनिबार आयोजित साक्षात्कार कार्यक्रममा उनले राज्यसत्ताको जिम्मेवार पदमा बसेकाले त्यस्ता घटनाबारे प्रत्यक्ष उत्तरदायित्व बोर्नु अनिवार्य हुने बताए।

उनका अनुसार संसदीय प्रणालीमा कुनै ठूलो घटना घटेपछि जिम्मेवारी प्रधानमन्त्री र सम्बन्धित मन्त्रीमै आउँछ। भदौ २४ गते देशका विभिन्न स्थानमा भएको तोडफोड, आगजनी र क्षतिको बारेमा गहन अनुसन्धान आवश्यक रहेको उनले उल्लेख गरे।

आन्दोलन हिंसात्मक हुनुमा बाह्य हस्तक्षेपको आशंका समेत उनले व्यक्त गरे। रावलले हालको सरकार छ महिनाका लागि गठन गरिएको चुनावी सरकार भएकाले यसले छिमेकी मुलुकहरूसँग दीर्घकालीन प्रभाव पार्ने प्रकृतिका कुनै सम्झौता गर्न नपाउने टिप्पणी गरे।