मधेश प्रदेशमा राजनीतिक तनाव बढ्दै, सभामुख मण्डलद्वारा सर्वदलीय बैठक आह्वान

User Image Prime TV News ५ दिन अगाडि
Image of मधेश प्रदेशमा राजनीतिक तनाव बढ्दै, सभामुख मण्डलद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौ । मधेश प्रदेशमा उत्पन्न भइरहेको राजनीतिक अवस्थाबीच सभामुख रामचन्द्र मण्डलले आज दिउँसो ३ बजे सर्वदलीय बैठक बोलाएका छन्।

सभामुखका प्रेस सल्लाहकार अवधेश कामतका अनुसार प्रदेशसभा सञ्चालनसम्बन्धी विवाद र पछिल्ला घटनाक्रमलाई ध्यानमा राख्दै बैठक बोलाइएको हो।

सर्वदलीय बैठक बोलाइएको समयमै प्रदेश सभा भवन बाहिर सात दलका नेता तथा कार्यकर्ताहरू विरोध प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले प्रदेश सरकार र सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै नाराबाजी गरिरहेका छन्। प्रदर्शनलाई नियन्त्रणमा राख्न सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति प्रदेश सभा क्षेत्र वरिपरि देखिएको छ।

राजनीतिक दलहरूबीच जारी मनमुटावका कारण प्रदेशसभाको गतिविधि प्रभावित हुँदै आएको छ। आजको सर्वदलीय बैठकले समाधानको दिशा खोज्ने अपेक्षा गरिएको छ।