निर्वाचनको लागि आवश्यक सहयोग गर्न चीन तयार छ : राजदूत छन सङ
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । चिनियाँ राजदूत छन सङले आगामी निर्वाचन सफल बनाउन चीन तयार रहेको बताएका छन् । उनले निर्वाचन सफल बनाउन आवश्यक सहयोग गर्न चीन तयार रहेको बताए ।
नेपालको विकास, सहयोग र कूटनीति सबै स्थिर सरकारमै टिकेको बताउँदै, अस्थिर राजनीतिले धेरै परियोजनालाई सुस्त अनि पीडादायी बनाइदिएको टिप्पणी गरे।
अन्तरिम सरकारसँग निरन्तर समन्वय भइरहे पनि, दीर्घकालीन परियोजना अघि बढाउन स्थायी सरकार अपरिहार्य भएको उनको धारणा थियो। विआरइ लगायतका परियोजनामा कागजी प्रक्रियाको प्रगति भएको भए पनि राजनीतिक अनिश्चयका कारण ती योजनाहरू अपेक्षित गतिमा अघि नबढेको उनले स्वीकारे।
उनले चीनको नयाँ पञ्चवर्षीय योजना छिमेकी राष्ट्रहरूका लागि आर्थिक अवसरको नयाँ ढोका भएको बताउँदै, नेपालका कृषि उत्पादनलाई चिनियाँ बजारमा लैजाने तयारी अन्तिम चरणमा पुगेको समेत वताएका थिए ।













