काठमाडौँमा अवैध ‘म्यारिज ब्युरो’ चलाउने ४ चिनियाँ समातिए

User Image Prime TV News ५ दिन अगाडि
Image of काठमाडौँमा अवैध ‘म्यारिज ब्युरो’ चलाउने ४ चिनियाँ समातिए

काठमाडौ । काठमाडौँमा व्यावसायिक भिसा लिएर बसेका चार जना चिनियाँ नागरिक अवैध विवाह ब्रोकरजस्तो काम चलाइरहेको अवस्थामा पक्राउ परेका छन्।

सोह्रखुट्टे मिलीजुली चोकबाट पक्राउ परेका एक महिला र तीन पुरुषमाथि कमजोर आर्थिक पृष्ठभूमिका नेपाली युवतीलाई चीन पुर्‍याएर विवाह गराउने आरोप छ ।

अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार ती व्यक्तिहरूले टिकटकमार्फत किशोरीहरूलाई आकर्षित गरेर चिनियाँहरूसँग जोड्ने, ‘साथी बनाउने’, अनि अन्ततः विवाह गराइदिने नेटवर्क बनाएका थिए।

व्यावसायिक भिसा लिएर बसे पनि कुन व्यवसाय चलाउँछौ? भन्ने साधारण प्रश्नमै उनीहरू अल्मलिएका थिए । अनुसन्धानमा उनीहरूले केही युवतीलाई चीनसम्म लगिसकेका तथ्य फेला परेपछि यो घटना साधारण अपराधको सूचीमा नराखी गम्भीर मानवीय जोखिमको श्रेणीमा राखिएको छ। 

पक्राउ परेकामध्ये दुई जना दशकभर नेपालमै पर्यटक, विद्यार्थी वा व्यवसायी बनेर बसिरहेका थिए। हालको कानुनअनुसार अवैध बसाइ र अवैध गतिविधिमा संलग्न विदेशीलाई ५० हजार रुपैयाँसम्म जरिवाना र देशबाट निष्कासन गर्न सकिन्छ।