सन्तोष परियारले नयाँ शक्ति र प्रगतिशील राष्ट्रिय अभियानसँग गरे सहकार्य

User Image Prime TV News ६ दिन अगाडि
Image of सन्तोष परियारले नयाँ शक्ति र प्रगतिशील राष्ट्रिय अभियानसँग गरे सहकार्य

काठमाडौ । आज मात्रै रास्वपा छाडेका सन्तोष परियार अब नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग सहकार्य गर्ने भएका छन्। तीन पक्षबीच आज ५ बुँदे सहमति भएको हो।

सहमति पत्रमा नेसपा नयाँ शक्तिको तर्फबाट संयोजक दुर्गा सोब, प्रगतिशील जागरण अभियानको तर्फबाट सुदन किराती र परियारले हस्ताक्षर गरेका छन्। सहमति पत्रमा हस्ताक्षर गर्ने क्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र जनार्दन शर्मा पनि उपस्थित थिए।

सहमती अनुसार आगामी म‌ंसीर ७ गते एकता सभा गर्ने भएका छन् । यस्तै जनेजी, लोकतान्त्रिक तथा वामपन्थी शक्तिहरुलाई राजनीतिक पुर्नस‌रचनाको अभियानमा जोडिन समेत अपिल गरेका छन् ।