पदमुक्त गरेका सांसदहरूले मागे हाजिरी रेकर्ड र अन्य सम्बन्धित कागजात

User Image Prime TV News ६ दिन अगाडि
Image of पदमुक्त गरेका सांसदहरूले मागे हाजिरी रेकर्ड र अन्य सम्बन्धित कागजात

काठमाडौ । मधेस प्रदेश सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका सांसदहरूले आफूलाई पूर्वाग्राही ढंगले हटाइएको भन्दै एक वर्षसम्मको हाजिरी रेकर्ड र अन्य सम्बन्धित कागजात माग गरेका छन्।

उनीहरुले जसपा नेपालका सञ्जयकुमार यादव र नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंहले शुक्रबार मधेस प्रदेश सचिवालयमा निवेदन दिँदै हाजिरी रेकर्ड उपलब्ध गराउन आग्रह गरेका छन्।

सञ्जयकुमार यादवले भने, “म हरेक बैठकमा उपस्थित थिएँ, तर पूर्वाग्राही ढंगले कारवाही गरिएको छ।” यसअघि सभामुख मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो, जसले राजनीतिक दबाब र विवादलाई थप उजागर गरेको छ।

जनता समाजवादी पार्टी नेपालका चार सांसद मनिष कुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार, शारदाशंकर प्रसाद कलवार र नागरिक उन्मुक्ति पार्टीकी सांसद् उर्मिलादेवी सिंहलाई लगातार १० बैठकमा अनुपस्थित भएको भन्दै पदमुक्त गरेका छन्।