मन्त्री घिसिङ गैरदलीय सरकारमा बसिरहन मिल्दैनः एमाले महासचिव पोखरेल

User Image Prime TV News ६ दिन अगाडि
Image of मन्त्री घिसिङ गैरदलीय सरकारमा बसिरहन मिल्दैनः एमाले महासचिव पोखरेल

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङको नैतिक वैधतामाथि प्रश्न उठाएका छन्।

मन्त्री घिसिङले आगामी निर्वाचनमा सहभागी हुने घोषणा गरिसकेका छन् । आफ्नै पहलमा नयाँ राजनीतिक दल दर्ता गरिसकेका कारण उनी गैरदलीय सरकारमा बसिरहन नहुने पोखरेलको तर्क छ।

प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका लागि आफूले गैरदलीय सरकारको नेतृत्व गरिरहेको दाबी गर्ने तर चुनावमा सहभागी हुन दल बनाइसकेका व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु राजनीतिक र नैतिक रूपमा असंगत भएको उनले बताए।

पोखरेलले प्रश्न उठाउँदै भने, ‘स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ?’ महासचिव पोखरेलले यस्तो परिस्थितिमा प्रधानमन्त्रीले अविलम्ब घिसिङलाई मन्त्री पदबाट मुक्त गर्नुपर्ने बताए ।

उनले भने, ‘यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नै नैतिक दृष्टिले उपयुक्त हुँदैन र प्रधानमन्त्रीको प्रतिबद्धतासँग मेल खाँदैन भने, अविलम्ब मन्त्री पदबाट बिदा गरिनुपर्छ।’