बिहार विधानसभा चुनाव : मतगणना जारी, सत्ता कसको हातमा जाने फैसला आजै
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । भारतको बिहार राज्यमा सम्पन्न भएको विधानसभा चुनावको मतगणना सुरु भएको छ।
नोभेम्बर ६ र ११ मा भएको दुई चरणको मतदानपछि आज २४३ सिटको परिणाम सार्वजनिक हुँदैछ। सरकार बनाउन कुनै पनि दल वा गठबन्धनले १२२ सिट आवश्यक छ।
यसपटक मुख्य प्रतिस्पर्धा सत्तारूढ एनडीए र विपक्षी महागठबन्धनबीच छ । दुवै पक्षले नै स्पष्ट जीतको दाबी गरेका छन्। चुनावी मैदानमा जनसुराज पार्टीले पनि आफ्नो प्रभाव देखिने बताइरहेकाले केही क्षेत्रमा नतिजामा यसको प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।
उच्च मतदाता सहभागितालाई लिएर राजनीतिक दलहरूले आफ्नो–आफ्नै व्याख्या अघि सारेका छन्। एनडीएले यसलाई सुशासनप्रति जनताको समर्थनको संकेत भन्दै आएको छ भने विपक्षी महागठबन्धनले यसलाई परिवर्तनको चाहनासँग जोडेर व्याख्या गरेको छ।
मुख्यमन्त्री रहँदै आएका नीतीश कुमार नेतृत्वको सरकारलाई जनताले फेरि विश्वास गर्नेछन् वा नयाँ विकल्प रोज्नेछन् भन्ने कुरा मतगणनाको प्रगति सँगै स्पष्ट हुँदै जानेछ।













