मधेस प्रदेशमा सभामुखको निर्णय उपसभामुखद्वारा बदर

User Image Prime TV News ६ दिन अगाडि
Image of मधेस प्रदेशमा सभामुखको निर्णय उपसभामुखद्वारा बदर

काठमाडौ । मधेस प्रदेशमा राजनीतिक तनाव चुलिएको छ। सभामुख रामचन्द्र मण्डलले पाँचजना प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने निर्णय गरेपछि उपसभामुख बबिताकुमारी राउतले त्यो निर्णय तत्काल बदर गरेकी छन्।

सभामुख मण्डलविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भइसकेको संवैधानिक परिस्थितिमा उनले निरन्तर दस बैठकसम्म अनुपस्थित रहेको आरोप लगाउँदै जनता समाजवादी पार्टीका चार र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई पदमुक्त गर्ने सूचना जारी गरेका थिए।

सभामुखले दिएको कारण बैठक अनुपस्थितिको भए पनि राजनीतिक वातावरण हेर्दा यो निर्णयले धेरै शंका जन्माएको छ। तर केही घण्टामै उपसभामुख राउतले अर्को सूचना जारी गर्दै महाभियोग दर्ता भइसकेपछि सभामुखको पद नै रिक्त मानिने भएकाले मण्डलले गरेका सबै निर्णय कानुनीरूपमा अवैध भएको स्पष्ट पारिन्।

त्यससँगै उनले पाँचै जनालाई पदमुक्त गर्ने आदेश बदर गरिदिइन्। एकै दिन सभामुख र उपसभामुखद्वारा परस्परविरुद्धका सूचना जारी भएको हो ।