आङ्बोका स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । कोशी प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वआर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो सवार गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मोरङको ग्रामथान गाउँपालिका–५ कखरमारी नजिक विराटचोकतर्फ जाँदै गरेको को १ झ ६५० नम्बरको स्कारपियोले को ९ प ७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षीय प्रवेश चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको समयमा नेता आङ्बो गाडीमा सवार थिएनन्। गाडी उनलाई लिन सुन्दरहरैंचा जाँदै गरेको अवस्थामा दुर्घटना भएको बताइएको छ । स्कारपियो आङ्बोका स्वकीय सचिव गम्भीरमान सार्कीले चलाइरहेका थिए।
उनलाई हाल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि नेता आङ्बोले दुःख प्रकट गर्दै भने, “म सुन्दरहरैंचामा थिएँ। मलाई लिन आउँदै गरेको गाडी दुर्घटनामा परेको थाहा पाएको छु। मानिसको मृत्यु भएको सुनेर अत्यन्त दुःख लागेको छ।” प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।













