सुदन किराती नेतृत्वमा प्रगतिशील राष्ट्रिय अभियानको ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन

User Image Prime TV News १ हप्ता अगाडि
Image of सुदन किराती नेतृत्वमा प्रगतिशील राष्ट्रिय अभियानको ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन

काठमाडौ । पूर्वमन्त्री सुदन किरातीको नेतृत्वमा प्रगतिशील राष्ट्रिय अभियानले ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन गरेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा किरातीले समितिका सदस्यहरू सबै अभियानका अभियन्ताका रूपमा रहने जानकारी दिएका छन्।

संयोजन समितिमा पूर्वमाओवादी केन्द्रीय सदस्य, विद्यार्थी नेता, पूर्व जनमुक्ति सेना, वाईसीएल र पत्रकारहरूलाई समेटिएको छ। प्रमुख सदस्यहरूमा मदन भट्टराई, मदन लिम्बू, सम्झना राई, पुजन सिंह, अरविद्र यादव, लक्ष्मी गुरुङ र प्रकाशचन्द्र पाण्डे रहेका छन्।

यस्तै, राजु ओलमगर, सन्तोष विष्ट, प्रेमबहादुर तामाङ, यज्ञबर्मा शर्मा, क्षितिज सापकोटा, बाबुराम नेपाली, किस्मतकुमार विक, सन्दिप पुन र यगेन्द्र ढकाल समितिमा रहेका छन्। थप सदस्यमा नारायणी शर्मा, भीमबहादुर मल्ल, गोरखबहादुर केसी, जटिल कार्की, देवीराम देवकोटा, जन्मेदव जैसी, टेकेन्द्र भट्ट, दीपक साउद, पुष्प न्यौपाने, डा. अच्युत भट्ट, विमल सिंह, निर्मला गौतम, रामहरि पुडासैनी र धर्मराज खतिवडा रहेका छन्।

यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच कात्तिक १९ गते भएको एकता प्रक्रियामा नेता जनार्दन शर्मा, राम कार्की लगायतका नेताहरू अलग भएका थिए। बुधबार मात्रै पूर्व माओवादी केन्द्रीय सदस्य लक्ष्मण पन्त, ओम शर्मासहित १० जना नेताले प्रगतिशील राष्ट्रिय अभियानमा आवद्ध हुने घोषणा गरेका थिए।