फेरि बढ्यो सुनको भाउ, प्रति तोला २ लाख ५० हजार नाघ्यो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा सुनको मूल्य पुनः उच्चतर्फ उक्लिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २ सय तोकेको छ। अघिल्लो दिनको तुलनामा आज एकैदिन सुन तोलामा ५ हजार ९ सय ले बढेको हो।
बुधबार सुन प्रतितोला रु २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । जसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको हो।
यसअघि नेपाली बजारमा असोज ३१ गते सुनको मूल्य २ लाख ५८ हजार प्रतितोला पुगेको थियो । जुन हालसम्मकै उच्च मूल्य हो। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा बिहीबार चाँदी तोलामा १७० ले वृद्धि भई प्रतितोला ३ हजार ३४५ पुगेको महासंघले जनाएको छ। असोज ३१ गते चाँदीको मूल्य ३ हजार ३५० प्रति तोला पुगेको थियो।













