केपी ओलीलाई सङ्केत गर्दै माधव नेपालले भने, पार्टी एकताले होस गुमाइसके
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सङ्केत गर्दै आफ्नो पार्टीको एकताले केही व्यक्तिहरूको होस गुमाइसकेको टिप्पणी गरेका छन्।
पार्टी एकता कार्यक्रममा बोल्दै नेपालले भने उनले भनेका छन्, “कतिको होस् हवास गुम भएको हुनसक्छ, तर गालीगलौजमा उत्रिनु आवश्यक छैन।” उनले पार्टीको एकता प्रक्रिया अझै समाप्त नभएको र थप प्रगति गर्ने विश्वास व्यक्त गरे।
उनले भने, “हामीलाई धन्यवाद दिनुस्, मैले त बिगारेका होइन, तपाईँहरूले सपार्नुभयो। धन्यवाद प्रस्ताव पास गर्नुहोस् भने, हाम्रो घाउमा मलहमको काम गर्नेछ।” उनले थपे, “हामीलाई गाली दिने कोसिस गर्नुको सट्टा, एकता प्रक्रियामा धन्यवाद दिनुहोस्।”
सह संयोजक नेपालले नेपाली राजनीतिमा नेकपा गठनले ठूलो तरङ्ग ल्याएको छ र पार्टीको उद्देश्य देश र जनताको हितमा काम गर्नुभएको बताए । आफू र आफ्नो समूहलाई जनताप्रति समर्पित दलको रूपमा प्रस्तुत गर्दै उनले भने, “देश र जनताप्रति समर्पित पार्टी हामी नै हौं।”
पार्टी एकता प्रक्रियामा रहेको तर केही नेताहरूको आलोचना गर्ने शैलीप्रति उनले असहमतिपूर्वक टिप्पणी गरेका छन्। साथै उनले पार्टी एकतालाई तत्लो तह सम्म पुर्याउदै चुनावको तयारीमा जुट्नु आवश्यक भएको बताए । अहिले देश अफ्ट्यारो अबस्थामा रहेको भन्दै नेता नेपालले जेनजी आन्दोलनका क्रममा ध्वस्त बनाउनेहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्नेमा जोड दिए ।
नेता नेपालले पार्टी एकतालाई एकतालाई संकल्पको रुपमा लिएको भन्दै विभिन्न विचार धाराहरुलाई समाहित गर्दै जाने बताए ।













