नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह, नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह, नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौ । नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रुखो बोली र स्वेच्छाचारी व्यवहारप्रति असन्तुष्टि जनाउँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

शाह आज भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपासँग समायोजन हुने कार्यक्रममा औपचारिक रूपमा नेकपामा प्रवेश गरेका हुन् । शाहले ओलीको पछिल्लो नेतृत्वशैलीले पार्टीभित्रको लोकतान्त्रिक संस्कृतिलाई समाप्त पार्ने जोखिम बढाएको भन्दै कडा शब्दमा आलोचना गर्दै आएका छन् ।

साथै उनले ओलीको शासनशैलीलाई “स्वेच्छाचारी र निरंकुश प्रवृत्ति” को संज्ञा दिँदै इमान, जिम्मेवारी र जवाफदेहिताको अभाव भएको आरोप लगाए। शाहले ओलीभन्दा बढी नैतिकता पञ्चायतकालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले देखाएको उल्लेख गर्दै भने,“सिंहदरबारमा आगलागी हुँदा विष्टले नैतिकताको आधारमा राजीनामा दिएका थिए, तर ओलीले हत्या र अव्यवस्थाको जिम्मेवारी लिने कुनै चिन्ह देखाएनन्।”

विद्यार्थी राजनीति हुँदै एमालेमा प्रवेश गरेका शाह अनेरास्ववियुको बाजुरा अध्यक्षदेखि एमाले जिल्ला कमिटी अध्यक्ष र दुईपटक केन्द्रीय सदस्यसमेत बनेका थिए ।