तत्कालीन सचिवालयका बहुमत सदस्य नेपाली कम्युनिस्ट पार्टीमा

User Image Prime TV News १ हप्ता अगाडि
Image of तत्कालीन सचिवालयका बहुमत सदस्य  नेपाली कम्युनिस्ट पार्टीमा

काठमाडौ । पूर्व एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तत्कालीन सचिवालयका बहुमत सदस्य हालै गठन भएको नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका छन्।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा ९ सदस्यीय शीर्ष नेतृत्वको सचिवालय गठन गरिएको थियो। सचिवालयमा एमालेतर्फ अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल रहेका थिए भने माओवादीतर्फ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा थिए।

तर, सर्वोच्च अदालतको निर्णयपछि नेकपाको वैधानिकता अस्वीकृत भएपछि पार्टी पुनः एमाले र माओवादी केन्द्रको रूपमा अलग भई सञ्चालन भयो। त्यसपछि एमाले विभाजित भएपछि माधवकुमार नेपाल र झलनाथ खनाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे।

वामदेव गौतमले भने नेकपा एकता अभियान गठन गरे भने ओली, ईश्वर र विष्णु एमालेमै रहिरहे। माओवादीतर्फ प्रचण्ड र नारायणकाजी माओवादीमा फर्किए भने रामबहादुर थापा एमालेतर्फ लागे। हालै, कात्तिक १९ गते विभाजित नेकपा एकीकृत समाजवादी र माओवादीसहितका अन्य पार्टीहरू एकीकृत भएर नेपाली कम्युनिस्ट पार्टी गठन भएको छ।

यस प्रक्रियामा तत्कालीन नेकपाको ९ सदस्यीय सचिवालयका बहुमत सदस्य अर्थात ५ जना नयाँ पार्टीमा आबद्ध भएका छन्।