सुनको मूल्य घट्दा, चाँदीमा बढोत्तरी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीमा सानो वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ, जुन मंगलबारको मूल्य २ लाख ४६ हजार ४०० रुपैयाँ भन्दा २ हजार १०० रुपैयाँ कम हो।
त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३ हजार १७५ रुपैयाँ पुगेको छ, जुन मंगलबारको मूल्य ३ हजार १७० रुपैयाँ भन्दा ५ रुपैयाँले बढी हो।













