भारत र पाकिस्तानपछि बंगलादेशको राजधानी ढाकामा पनि बम विस्फोट
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । भारत र पाकिस्तानपछि बंगलादेशको राजधानी ढाकामा पनि बम विस्फोट भएको छ । ढाकाका फरक फरक स्थानमा बम विस्फोट भएको सुरक्षा निकायले जनाएको छ । विस्फोटमा मानवीय क्षतिको विवरण आएको छैन ।
ढाकाका धानमन्डी र गुलिस्तान क्षेत्रमा फरक–फरक समयमा बम विष्फोट भएका थिए । जिल्ला अदालत भवन अगाडि रोकिएको प्रहरी भ्यानमा भएको विष्फोटमा २७ जना घाइते भएका छन् । यो आक्रमणको जिम्मा पाकिस्तानी तालिबान टीटीपीले लिएको छ ।
यसले यस्ता आक्रमण जारी राख्ने जनाएको छ । धानमन्डीमा रहेको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) को अनुसन्धान एजेन्सी कार्यालय अगाडि पनि विष्फोट भएको छ । गुलिस्तानको जिरो प्वाइन्ट नजिकै पनि विष्फोट भएको थियो ।
प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुई जनाले बम फालेर भागेका थिए । प्रहरीलाई उद्धृत गर्दै एएनएनले विस्फोटमा कुनै हताहत नभएको र विष्फोटमा संलग्न कोही पक्राउ पनि नपरेका उल्लेख गरेको छ । विष्फोट गराइएका बमहरू क्रुड बम भएको बताइएको छ ।













