सरकार र दुर्गा प्रसाईं समूहबीच वार्ता सुरु

User Image Prime TV News १ हप्ता अगाडि
Image of सरकार र दुर्गा प्रसाईं समूहबीच वार्ता सुरु

काठमाडौ । सरकारले दुर्गा प्रसाईं नेतृत्वको समूहसँग वार्ता सुरु गरेको छ। मंसिरको पहिलो साताबाट आन्दोलनको घोषणा गरेको समूहसँग गृह मन्त्रालयले वार्ता गरेको हो। वार्ता गृह मन्त्रालयमै भइरहेको छ।

प्रसाईं समूहतर्फबाट माधवप्रसाद खतिवडासहित छ जना प्रतिनिधि वार्तामा सहभागी भएका छन्। तर दुर्गा प्रसाईं स्वयं भने वार्तामा सहभागी भएका छैनन्। वार्ता टोलीका सदस्य खतिवडाले प्रतिक्रिया दिँदै भने, “हामी वार्ताका लागि गृह मन्त्रालय आइपुगेका छौं,” । 

दुर्गा प्रसाईं समूहले केही समयअघि विभिन्न राजनीतिक र सामाजिक माग राख्दै आन्दोलनको तयारी गरेको थियो। सरकारले भने आन्दोलन सुरु हुनुअघि नै संवादमार्फत समाधान खोज्ने प्रयासस्वरूप वार्ताको पहल गरेको हो ।