देशभर मौसमी अवस्था स्थिर, अधिकांश क्षेत्रमा खुला र सफा मौसम
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । देशभर स्थिर मौसमी अवस्था कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले अधिकांश क्षेत्रमा खुला र सफा मौसम देखिएको छ।
बिहानैदेखि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि तराईसहित अन्य भूभागमा आकाश पूर्ण रूपमा खुलेको छ।
महाशाखाले दिउँसो पनि कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का बादल रहने, तर अन्य क्षेत्र सफा रहने अनुमान गरेको छ। राति गण्डकीको पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी प्रदेशमा मौसम खुला रहने पूर्वानुमान गरिएको छ।
वर्तमान अवस्थामा कुनै महत्वपूर्ण सिस्टम सक्रिय नभएकाले देशभर सामान्य, स्थिर र सुखद मौसम रहिरहने महाशाखाले स्पष्ट गरेको छ।
वातावरण स्थिर हुँदा यात्रा तथा बाहिरी गतिविधिमा सहजता रहेको मौसमविद्हरूको भनाइ छ ।













