भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै

User Image Prime TV News १ हप्ता अगाडि
Image of भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै

काठमाडौ । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले सञ्चालन गर्दै आएको ‘मातृभूमि जागरण अभियान, नेपाल’ र नेपाली कम्युनिस्ट पार्टीमा औपचारिक रूपमा एकता हुने भएको छ। यससँगै रावल र उनका समर्थकहरू नवगठित पार्टीमा प्रवेश गर्दैछन्।

प्रचण्ड र माधव नेपालसहित शीर्ष नेतासँग गत आइतबार भएको कुराकानीपछि रावल समूहको प्रवेश प्रक्रियालाई अन्तिम रुप दिइएको थियो। त्यसको निरन्तरता स्वरूप आज दिउँसो काठमाडौंमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ आयोजना गरिएको हो।

नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार रावल नेतृत्वको टोलीलाई आजको कार्यक्रममा विशेष स्वागत गरिनेछ। उनले भने, पार्टी एकताको यो प्रक्रियाले वाम राजनीतिको पुनर्संरचना र शक्ति सन्तुलनमा महत्त्वपूर्ण प्रभाव पार्नेछ।

रावलले एमाले छाडेर आफ्नै अभियानमार्फत नयाँ राजनीतिक मार्गचित्र अघि सारेका थिए। उता नेकपा माओवादी केन्द्र एकीकृत समाजवादी सहित १० वटा वाम घटक विच एकता भएको थियो ।