महाधिवेशनको निर्णय नभए पार्टी विभाजनको अबस्था आउन सक्छ: डा शेखर कोइराला

User Image Prime TV News १ हप्ता अगाडि
Image of महाधिवेशनको निर्णय नभए पार्टी विभाजनको अबस्था आउन सक्छ: डा शेखर कोइराला

काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र विशेष महाधिवेशनको विवाद गम्भीर मोडमा पुगेको भन्दै समयमै समाधान नभए विभाजनसम्मको स्थिति उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विशेष वा साधारण महाधिवेशनबारे केन्द्रीय समितिले तत्काल निर्णय गर्नुपर्ने आवश्यकता दोहोर्‍याए।

महाधिवेशनको मागका लागि ५५ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भइसकेको छ र हस्ताक्षर प्रमाणीकरण प्रक्रियालाई टार्न नसकिने स्थिति रहेको भन्दै कोइरालाले बहुमत हस्ताक्षरका आधारमा महाधिवेशन हुनुपर्ने विषय स्पष्ट भएको बताए।

तर पार्टी एकता जोगाउन महाधिवेशनसम्बन्धी निर्णय केन्द्रीय समितिबाटै हुनुपर्नेमा उनले जोड दिए। कोइरालाले हस्ताक्षर प्रमाणीकरण सुरु भएदेखि नै पार्टी विभाजनको जोखिम बढ्नसक्छ।

उनले भने, “५५ प्रतिशतले विशेष महाधिवेशनको माग गरिसक्नु भएको छ। त्यसमा प्रमाणीकरण सुरु भयो भने विभाजनको सम्भावना हुन्छ। त्यसैले एकताका लागि केन्द्रीय समितिले नै निर्णय लिनु आवश्यक छ।”

कोइरालाले आफू पार्टी विभाजन रोक्नका लागि मध्यमार्गी भूमिका खेलेको दाबी गर्दै आन्तरिक मतभेद समाधानका लागि संवाद र संस्थागत निर्णय नै प्रभावकारी उपाय भएको बताए।

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको मागउपर चलिरहेको विवादले नेतृत्व तहमा नयाँ तनाव पैदा गरेको छ।