सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनियताको शपथ
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनियताको शपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा नवनियुक्त प्रदेश प्रमुख कर्णले पद तथा गोपनियताको शपथ लिएका हुन् । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले कर्णलाई प्रदेश प्रमुखमा सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति पौडेललेे कर्णलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।
यस अघि मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले फिर्ता बोलाएको थियो । एमालेका नेता सरोजकुमार यादवलाई होटलमा लगेर मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । स्वास्थ्य उपचारका लागि काठमाडौं जाँदै गरेको बताउँदै निस्किएकी सुवेदीले महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित पानस होटलमा झिसमिसेमा नै यादवलाई मुख्यमन्त्रीको शपथ गराएपछि विवादमा परेकी थिइन् ।













