मतदाता नामावली दर्तामा समस्या समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

User Image Prime TV News १ हप्ता अगाडि
Image of मतदाता नामावली दर्तामा समस्या समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको तयारीका क्रममा मतदाता नामावली दर्तामा समस्या देखिएको विषयमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन्।

नयाँ मतदाताले कात्तिक ३० गतेभित्र नामावली दर्ता गराइसक्नुपर्ने छ । तर अनलाइन प्रणालीमा प्राविधिक समस्या, लामो पर्खाइ र अन्य कठिनाइका कारण गुनासो आएपछि प्रधानमन्त्री कार्कीले चासो दिएकी हुन् । प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगलाई मतदाता नामावली दर्ता प्रक्रिया छिटो, छरितो र प्रभावकारी बनाउन तीन बुँदे निर्देशन दिएकी छन्।

प्रधानमन्त्री सचिवालयका अनुसार, निर्वाचन कार्यालयमा कार्यसमय र सिफ्ट बढाइ आवश्यक भए थप कर्मचारी परिचालन गर्न, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको तथ्यांकलाई मतदाता नामावली दर्तामा प्रयोग गर्न प्राविधिक र कानूनी प्रक्रिया अघि बढाउन र हालको म्यादभित्र संकलन नहुने अवस्था देखिएमा नामावली दर्ताको म्याद कात्तिक ३० सम्म पुनरावलोकन गर्न भनेकी हुन् ।

साथै, प्रधानमन्त्री कार्कीले गृह मन्त्रालयलाई पनि मतदाता नामावली दर्तामा आवश्यक सहजीकरण गर्न निर्देशन दिएकी छन्।