नेपाली बजारमा सुन–चाँदीको मूल्यमा उल्लेख्य वृद्धि

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेपाली बजारमा सुन–चाँदीको मूल्यमा उल्लेख्य वृद्धि

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य मंगलबार ह्वात्तै बढेको छ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ४ हजार ९०० रुपैयाँले बढी हो।

सोमबार सुनको मूल्य तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ थियो। सुनसँगै चाँदीको मूल्य पनि बढेको छ।

सोमबार तोलामा ३ हजार ०१५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ३ हजा ६५ रुपैयाँ पुगेको छ । जसमा ५० रुपैयाँको वृद्धि देखाएको छ।